एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

२०८२ भाद्र ८, आईतवार

काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहक महानुभावहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्  ।

ग्राहक महानुभावहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार