ताप्लेजुङमा वडाध्यक्ष सेन्दाङमाथि सांघातिक आक्रमण

२०८२ भाद्र ८, आईतवार

काठमाडौं : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको छ ।

शनिबार बेलुकी पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका वडाअध्यक्ष टेकिन्द्र सेन्दाङलाई तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ गम्भीर घाइते भएका छन् । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार