गुण्डा नाइके मोक्तान चाबहिलबाट पक्राउ

२०८२ भाद्र ९, सोमबार

काठमाडौं : गुण्डा नाइके रेस लामा भन्ने गोपाल मोक्तान पक्राउ परेका छन्।

उनलाई काठमाडौँको चाबहिलबाट गौशाला प्रहरी वृत्तको सादा पोशाकको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो। दोलखा घर भएका लामा चाबहिलको एवान क्याफेबाट पक्राउ परेका हुन्। उनले केही दिनअघि बत्तिस पुतलीस्थित बाजेको सेकुवामा एकजनालाई हातपात गरेका थिए। एकजनामाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।

उनी विरुद्ध प्रहरीले केही दिनअघि नै पक्राउ पुर्जी लिइसकेको थियो। यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार