ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ भाद्र ९, सोमबार

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् ।

आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन्। उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रनाउ नेपालले जानकारी दिए ।

ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार