आज १८ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

२०८२ भाद्र ९, सोमबार

काठमाडौं : जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १८ जिल्लामा बाढी आउने सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै आज विभिन्न १८ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज बिहानको बाढी मापन अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर दिउँसो बढ्ने सम्भावना छ ।

त्यस्तै धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसकारण आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार