रिहा नभएपछी उच्च अदालतमा रविले दिए निवेदन

२०८२ भाद्र ९, सोमबार

काठमाडौं : सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।

आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन् । उनको निवेदनमा आगामी बुधबारमा पेसी तोकिएको छ।

यसअघि उनले आफ्नो भागको बिगोबराबर धरौटी दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार