काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर १ लाख ९८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ३ सय ६० रूपैयाँ कायम भएको छ ।





