सन्तोष राजावादी माइतीघर मण्डलाबाट पक्राउ

२०८२ भाद्र १०, मंगलवार

काठमाडौं : तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल(सन्तोष राजावादी) पक्राउ परेका छन्।

काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति हुन् ।

गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार