मोटरसाइकल र टेम्पो ठोक्किँदा एक जनाको मृत्यु

२०८२ भाद्र १०, मंगलवार

काठमाडौँ : धरानमा मोटरसाइकल र ट्याम्पो जुध्दा एक जनाको मृत्यु भएको छ ।

धरान १४ विजयपुर चौक देखि बुढासुब्बा मन्दिर जाँदै गरेको को १ ह ६०१९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान १४ बस्ने ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका दुर्घटनामा घटनामा गम्भीर घाइते मोटरसाइकल चालक मगरलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।

ट्याम्पो चालक धरान १४ बस्ने ३१ वर्षीय अविनाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार