धापमा भासिएर गैँडाको मृत्यु

२०८२ भाद्र १०, मंगलवार

नवलपरासी : कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो । गैँडाको खाग र खुर सुरक्षित छ । पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् ।

तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार