भोटेकोशीमा जिप खस्यो, दुई जना बेपत्ता

२०८२ भाद्र १०, मंगलवार

काभ्रेपलाञ्चोक : अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।

तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१  च ७५४४  को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २  बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह –चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।

उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार