काठमाडौँ : भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरुप दिएको मुर्रा राँगो मरेको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका अनुसार उक्त राँगो गत साउन ३० गते मरेको हो।
साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा ३० गते मरेको कार्यालयका सूचना अधिकृत वरिष्ठ पशु विकास अधिकृत डा महेन्द्र मल्लले जानकारी दिए। पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मरेको पाइयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण जाँदा भारतले नेपाललाई नेपालकै आग्रहमा १५ वटा मुर्रा राँगो उपहार दिने निर्णय गरेको थियो। उक्त राँगाहरू ०८० मंसिर ६ गते भारतबाट बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए।





