काठमाडौँ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभन्दा ४ महिना अगाडि नै पदबाट राजीनामा दिएका छन् ।
भदौ ८ गते सचिव सुवेदीले दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव प्रेम आचार्यले जानकारी दिए । सचिव सुवेदी आगामी पुस २९ गते पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जाने थिए । त्यसको ४ महिना अगाडि नै उनी निजामती सेवाबाट बाहिरिएका हुन् ।
सुवेदी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगमा सचिव भएर काम गरेका थिए ।





