कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

२०८२ भाद्र ११, बुधबार

काठमाडौं : कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने गरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ ।

नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष बढीको अनुभव छ ।वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफलता पूर्वक नेतृत्व गरिसकेका छन् ।

वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार