काठमाडौं : नेपाल साफ महिला यू–१७ च्याम्पियनसिपमा बंगलादेशसँग लगातार दोस्रो पटक पराजित भएको छ।
बुधबार भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न दोस्रो लेगमा नेपाल ४–१ ले हार्यो। पहिलो लेगमा पनि नेपाल ३–० ले पराजित भएको थियो।
जितसँगै चार खेलमा ९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। पराजित नेपाल समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।
बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुनुए मार्माले एक गोल थपिन्। नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काएकी थिइन्।





