राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौँन : ओली

२०८२ भाद्र १२, बिहीबार

काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कडा टिप्पणी गरेका छन्। 

ओलीले लिङ्देनको झापा ३ बाट प्राप्त जित एमालेको सहयोगबिना असम्भव रहेको दाबी गरेका हुन् । बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पार्टीका बागमती प्रदेशका अगुवा नेता-कार्यकर्तासँगको भेटमा ओलीले गत निर्वाचनका समीकरण र त्यसपछिका घटनाक्रमबारे आफ्नो धारणा स्पष्ट पारेका थिए ।

‘राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौं न,’ एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘हिजो पो हामीले सहयोग गरेका थियौँ ।’ २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट लिङ्देनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ४० हजार ६६२ मतका साथ पराजित गरेका थिए ।

उक्त निर्वाचनमा एमालेले झापा ३ मा उम्मेदवार उठाएको थिएन, जसलाई लिङ्देनको जितमा एमालेको ‘अप्रत्यक्ष’ सहयोगका रूपमा व्याख्या गरिएको थियो । सोही निर्वाचनमा ओली भने झापा क्षेत्र नम्बर ५ बाट ५२ हजार ३१९ मत प्राप्त गर्दै विजयी भएका थिए, जहाँ राप्रपाले पनि उम्मेदवार खडा गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार