स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

२०८२ भाद्र १२, बिहीबार

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

जसमा २४ लाख ३६ हजार ३९३ आवेदन सदर भएको छ भने २ हजार ३०० जनाको आवेदन बदर भएको छ ।  कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी ५ कित्ता सेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार