एससीटी पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनौट

२०८२ भाद्र १२, बिहीबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), पेमेन्ट कार्ड इन्डष्ट्रि सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल (पिसिआई एसएससी)को दक्षिण एशिया क्षेत्रीय बोर्डको सदस्यका रूपमा चयन भएको छ ।

उक्त बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था एससिटि रहेको छ भने एससिटिका अतिरिक्त गुगल इंक, नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपिसीआई), युरोनेट युएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठुला संस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), पेमेन्ट कार्ड इन्डष्ट्रि सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल (पिसिआई एसएससी) एक विश्वव्यापी मञ्च हो । जसले पिसिआएडिएसएस लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ ।

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्डमार्फत पिसिआइ सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल (पिसिआइ एसएससी)ले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्त्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ ।

क्षेत्रीय संलग्नता बोर्डमा एससिटिको भूमिका

क्षेत्रीय संलग्नता बोर्डका सदस्यका रूपमा, एससिटिले निम्न भूमिकाहरू निर्वाह गर्नेछ

दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौतीहरू र अवसरबारे पिसिआइ एसएससिलाई परामर्श प्रदान गर्ने ।

मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने ।

दक्षिण एशियाभर पिसिआइ एसएससिका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने ।

स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्छन्, “हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ । यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने एससिटिको प्रतिबद्धतालाई पुष्टि गर्दछ ।

हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तात्पर छौँ ।” स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससिटि) नेपालको पहिलो डोमेस्टिक कार्ड नेटवर्क तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हो ।

सन् २००१ मा स्थापित यो संस्थाले कार्ड सेवाका अतिरिक्त क्यूआर तथा अन्य डिजिटल भुक्तानीका सेवा मार्फत २३ बैंक तथा वित्तीय संस्था, १० भुक्तानी सेवा प्रदायक तथा ८० भन्दा बढी सहकारी संस्थामार्फत लाखौँ सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको छ । वित्तीय समावेशीकरण, नवप्रवर्तन, र डिजिटल रूपान्तरणमा ध्यान दिँदै एससिटिले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार