गाईघाट : आफ्नै बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। बालिका बलात्कार आरोपमा बेलका नगरपालिका २ कन्चनजङ्गा टोलका युवराज श्रेष्ठ पक्राउ परेका हुन्।
सोही ठाउँमा सञ्चालित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ४७ वर्षीय श्रेष्ठले बोर्डिङको कार्यकक्षभित्रै बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति १०ः४५ बजे बालिका बलात्कृत भएको जाहेरी आइतबार साँझ परेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। बालिकाका आफन्तले दोषीमाथि आवश्यक कारबाही गरी पाउँ भनि उजुरी दिएको आधारमा आइतबार राति श्रेष्ठलाई पक्राउ गरिएको हो।





