फिल्म ‘हरिबहादुरको जुत्ता’ को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

२०८२ भाद्र १६, सोमबार

काठमाडौं : फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ ।

‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् । गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा लाइभ आएका थिए, जहाँ हरिवंशले आफ्नो आइकोनिक पात्र ‘हरिबहादुर’को चर्चा गरे ।

५२ एपिसोडको ‘हरिबहादुर मदनबहादुर’ सिरिजको हरिबहादुर पात्रलाई फिल्ममा ढाल्ने कुरा सुरुमा डाउटफुल लागेपनि अन्य प्रक्रियामा हेर्दाखेरी सिनेमालाई सुहाउने क्यारेक्टर बनेको हरिवंशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार