चीनले ‘सिकार’लाई ‘सिकारी’सँगै न्याय माग्न जाऊँ भन्योः गोकुल

२०८२ भाद्र १७, मंगलवार

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेकका विषयमा चीनले चलाखीका साथ नेपाललाई पन्छाएको बताएका छन्। नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको पट अडान राखे पनि चीनले सिकारलाई सिकारीसँगै न्याय माग्न जाऊ भनेजस्तो गरी प्रतिक्रिया दिएको सुनाए।

‘विना ‘चिप्लोमेसी’ भन्दा लिपुलेकका विषयमा नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको प्रस्ट अडान राख्यो,’ बास्कोटले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीनले चलाखीसाथ पन्छाएन मात्र सिकारलाई सिकारी सँगै न्याय माग्न जाऊ भन्यो।’

बास्कोटाले यस्तोमा न्याय पाउने संभवाना कम भएपनि कूटनीतिक लडाई जारी राख्नु पर्ने बताए। ‘भारतले त नेपालको दाबी ठाडै खारेज गरेकै छ,’ उनले भने, ‘इतिहासका कमजोरी सच्याउन समय लाग्छ,कूटनीतिक लडाइँ जारी राख्न पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार