निजामती विधेयक विधायन समितिबाट पास

२०८२ भाद्र १७, मंगलवार

काठमाडौं : संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ ।

बिहान आठ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो । सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।

समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार