काठमाडौँबाट सोलु जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना

२०८२ भाद्र १७, मंगलवार

काठमाडौँ : काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान साढे १० बजे मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा ना.१ ज ५०७४ नम्बरको टाटासुमो गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका-७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका- ३ घर भएका ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ की २५ वर्षीया करिश्मा बस्नेत र निरुता बस्नेत घाइते भएका छन्।

घाइतेलाई सिन्धुलीकै ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको सुमोमा ६ जना सवार थिए। दुर्घटनामा परेको सुमोका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार