काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
यही भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए।यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको गौतमको भनाइ छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। सचिवालय बैठकमा सबै राजनीतिक प्रतिवेदन तथा दस्तावेज प्रस्ताव गरेर मात्रै विधान महाधिवेशनमा पेस गर्ने तयारी छ।
ओली अहिले चीन भ्रमणमा छन्। उनी भोलि बुधबार (भदौ १८)मा स्वदेश फर्किँदैछन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणबाट भदौ १८ गते फर्कनेछन् । १९ गते सचिवालय बैठक बोलाइएको हो ।





