सुर्खेत : आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उनले जानकारी दिए ।





