अफगानिस्तानमा फेरि ५.५ म्याग्निच्युडको भूकम्प

२०८२ भाद्र १७, मंगलवार

काठमाडौं : अफगानिस्तानमा फेरि भूकम्प गएको छ। सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि आइतबार राति मात्र अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण मृत्यु भएकाको संख्या अहिलेसम्म १४११ पुगेको छ भने घाइतेको संख्या ३२५० भन्दा बढी पुगेको छ।

समाचार एजेन्सी एपीका अनुसार आइतबार राति भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए, जसका कारण उनीहरू भवनको भग्नावशेषमुनि पुरिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार