वरिष्ठ लोकगायिका इन्दिरा गोलेको निधन

२०८२ भाद्र १८, बुधबार

काठमाडौं : वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए । इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।

कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार