उपरथी भोलानाथ थापाले पाए दर्ज्यानी चिन्ह

२०८२ भाद्र १८, बुधबार

काठमाडौं : नेपाली सेनाको उपरथी पदमा बढुवा भएका भोलानाथ थापाले दर्ज्यानी चिन्ह पाएका छन्। बुधबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा एक कार्यक्रमबीच उपरथी थापाले दर्ज्यानी चिन्ह पाएका हुन्।

थापा भदौ ९ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए। पदोन्नतिसँगै उनलाई निरीक्षणाधिकृतमा नियुक्त समेत गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यस्तै, प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका विश्वबन्दु पहाडीले पनि दर्ज्यानी चिन्ह पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार