काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटघाट भएको छ। बुधबार बालुवाटारमा शाह र पौडेलबिच भेटघाट भएको हो।
भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल भएको छ ।





