काठमाडौँ : असोज ३ गते रिलिज हुने फिल्म ‘जारी-२: सङ अफ च्याब्रुङ’काे नयाँ गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ ।
सुशान्त गौतमको सङ्गीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ। पालम, हाकपारे र ख्यालीमा दयाहाङ र याशेली योङहाङको क्रेडिट छ । उपेन्द्र सुब्बाकाे लेखक तथा निर्देशन रहेकाे फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा याे निर्माण भएको हाे ।





