काठमाडौँ : कतारमा आयोजित भ्वाईस अफ कतार भब्य रुपमा सम्पन्न भएको छ। उक्त प्रतिस्पर्धामा नेपाली प्रतिभा अहना गुरुङले उल्लेखनीय सफलता हासिल गरेकी छिन।
उनले Senior Category मा First Runner-Up तथा Best Performer Award दुवै जित्न सफल भएकी छिन । प्रतियोगितामा करिब चार सय जनाले अडिसन दिएका थिए। त्यसबाट छनोट प्रक्रिया हुँदै ८० जना क्वाटरफाइनल, त्यहाँबाट ३० जना सेमिफाइनल, र अन्ततः १० जना (५ एड्ल्ट र ५ जुनियर) फाइनलमा पुगेका थिए ।
फाइनलमा अहना गुरुङ उत्कृष्ट प्रस्तुति दिएर सबैको मन जित्न सफल भईन। प्रतियोगिताको निर्णायक मण्डलीमा बलिवुडकी चर्चित गायिका मधुश्री र म्युजिक डाइरेक्टर रवि बादल रहेका थिए। कार्यक्रममा भारत, इक्वाडोर, कोस्टारिकाका राजदूतहरू, कतारका मन्त्रीहरू तथा अन्तर्राष्ट्रिय भिभिआइपी हरुको बाक्लो उपस्थिती थियो।
भ्वाईस अफ कतार को आयोजना रेडियो ओलिभले गरेको हो। सो भव्य कार्यक्रम Sheraton Grand Hotel Doha मा सम्पन्न भएको थियो, जसको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो। अहनाले यसअघि पनि चर्चित नेपाली गीत “नेपालकी छोरी बोल” मा स्वर दिइसकेकी छिन ।








