बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

२०८२ भाद्र १९, बिहीबार

झापा : बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो ।

विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आईएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए ।

त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजारमा बजारीकरणबारे पनि जानकारी दिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार