राति कुकरमा सिट्ठी नलगाउन उपत्यका प्रहरीको आग्रह

२०८२ भाद्र १९, बिहीबार

काठमाडौँ : काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण बढेको भन्दै उपत्यका प्रहरी कार्यालयले नयाँ अभियानको थालनी गरेको छ। अभियान स्वरूप प्रहरीले काठमाडौं उपत्यकाभित्र ध्वनि नियन्त्रणको लागी बिहान ५ देखि ७ बजेसम्म अनावश्यक रुपमा ठुलो आवाजमा कुराकानी नगर्न, मोटरसाइकल वा अन्य सवारी साधनको हर्न नियन्त्रण गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न उत्पन्न हुने ध्वनी प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदूषणका कारण खास गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर असर गरेको बताउँदै ध्वनि नियन्त्रण गर्न आग्रह गरेको हो ।

ध्वनि प्रदूषणको कारण सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरूमा समेत प्रतीक असर गएको भन्दै प्रहरीले बिहीबार एक सूचना जारी गरी अभियानको थालनी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार