एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा छुट

२०८२ भाद्र १९, बिहीबार

काठमाडौं : एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्रदान गर्ने सेवामा छुट पाउने भएका छन्। सो सम्बन्धि एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रालि बीच एक सम्झौता भएको छ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारीरपरिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलका सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि, इसिजि,इको, एक्सरे, फिजियोथ्रापी र मेडिसिनमा एनएमबि बैंकका कर्मचारीरपरिवार र ग्राहकले ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी र परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विस्वास लिएको छ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धकहरु मेघराज तिम्सिना तथा प्रभात सिंह खाती, मिलनचोक शाखा प्रबन्धक नविन अर्याल , हस्पिटलका डाक्टर कृष्ण प्रसाद खनालरकर्मचारी विक्रम खड्का लगायतको उपस्थिति थियो। सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरु सुबिधा लिइ लाभान्वित हुने प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले बताए। छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार