कर्मचारीले कुनै पार्टीको आदेश मानेर काम गर्नुहुँदैन : देउवा

२०८२ भाद्र १९, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए। देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै देउवाले पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए।

सभापति देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौँ। हामी अरु पार्टीलाई पनि सहभागी गराउन सक्छौँ। कर्मचारीको हक हित हेर्ने हो। कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो। कुनै पार्टीको लागि काम गर्ने होइन।’

सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए। २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार