काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल कैलालीमा छुट सुविधा उपलब्ध हुने भएको छ ।
ग्राहकलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकले उक्त हस्पिटलमा जनरल बेड हस्पिट एडमिट, क्याबिन हस्पिट एडमिट, आईसीयू बेड, भेन्टिलेटर,जनरल सर्जरी, अर्थोपेडिक, गाइनेकोलोजी, ल्याप्रोसकोपिक अपरेसन, प्याथालोजी टेस्ट, भिडियो एक्सरे, एक्सरे, ईसीजी, ईको, टीएमटी, इन्डोस्कोपी र मेडिसिनजस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुका साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








