काठमाडौं : यात्रुलाई जबरजस्ती गाडीमा चढाउन तानातान गरेको आरोपमा ३३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान ८:३० बजेतिर बल्खु क्षेत्रमा बाटो हिँडिरहेका सर्वसाधारणलाई हैरानी दिने, झोला तान्ने र अश्लील शब्द प्रयोग गर्नेजस्ता क्रियाकलापमा संलग्न भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बाटोमा हिँड्दै गरेका यात्रुहरुलाई हैरानी दिई तानातान गर्ने, सामान, झोलाहरु जबरजस्ती तान्ने अश्लिल शब्द प्रयोग गर्ने जस्ता आरोप उनीहरुमाथि छ । पक्राउ परेकाविरुद्ध अभद्र मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।








