चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : उपेन्द्र यादव

२०८२ भाद्र १९, बिहीबार

सर्लाही : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् ।

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताए । उनले भने, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ ।

जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ ।” यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाए । भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उनको भनाइ छ ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उनले भने, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार