फेरि भूकम्पको धक्का महसुस

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौं : अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ।

यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ।

बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८:५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए। भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन। तर, स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार