१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

२०८२ भाद्र २०, शुक्रबार

कञ्चनपुर : कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजार खर्चेर वडा कार्यालय भवन निर्माण गरिएकाे छ। तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने तयारी छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार