बसाइँसराइका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव दखियाे : उपप्रधानमन्त्री सिंह

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौँ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले सामुदायिक विद्यालयमा बसाइसराइ लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताए । उनले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको समेत बताए ।

राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाइँसराइ लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरू अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरू छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ ।’

उनले थप भने, ‘समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्छ । नेपालको विद्यार्थीको स्टाटस जुन छ त्यसको तुलना गर्दा पहिला र अहिलेको धेरै अन्तर भइसकेको छ । राजनीतिमा आएको परिवर्तनका कारणले तपाईंहरुले आफ्ना इच्छा बमोजिम पढ्न सक्नुहुन्छ । पढ्न विदेश जानु पर्दैन । विदेश जानु नै छ भने त्यसमा रोक्न मिल्दैन । क्वालिटी एजुकेसन हाम्रै क्याम्पस र स्कुलहरूमा छ ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार