विद्युत् प्राधिकरणले गर्‍यो ठूलो संख्यामा कर्मचारी सरुवा

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

प्राधिकरणले २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, उप–प्रबन्धक (तह ९) स्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन् ।

इन्द्रबहादुर जिसि. नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा सुरु भएको छ । उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन् ।

सहायक प्रबन्धक (तह ८) र इन्जिनियर (तह ७) स्तरमा पनि उल्लेख्य सरुवा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार