निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु : सभापति खतिवडा

२०८२ भाद्र २३, सोमबार

काठमाडौँ : संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् ।

संसदीय सुनुवाई समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि आज रासससँग कुरा गर्दै उनले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए । एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताए । यति हु्ँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उनको प्रतिबद्धता छ ।

समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि उनले शपथ ग्रहणपछि जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउदै उनले अरुको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पारे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार