१८ वर्षीया युवतीमाथि गोली प्रहार, एक पक्राउ

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ ।

भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल-भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको हो । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो ।

घटनाबारे अनुसन्धान भइरहेकोले गोली हान्नुको कारण खुल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार