काठमाडौं : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।
केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।
प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।





