युवा पुस्ताको विश्वास जित्ने कदम चालौं : पूर्वराष्ट्रपति भण्डारी

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी हुन्।

युवा पुस्ता प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो संख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको उनले जनाएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार