नेपालको घटनाप्रति भारतको प्रतिक्रिया- समस्या संवादमार्फत सम्बोधन होस्

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : भारतले नेपालमा जारी जेनजीको आन्दोलनबारे प्रतिक्रिया दिँदै घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घनिष्ठ मित्र र छिमेकीको रुपमा सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा राखेको बताएको छ।

भारतले सोमबारको आन्दोलनमा धेरै युवाको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारको साथमा रहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्ति:

हामी हिजोदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी छौं। हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरुको साथमा छ। हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गछौं।

घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्दछौं।

हामीले काठमाडौँ र नेपालका अन्य धेरै शहरहरुमा अधिकारीहरुले लगाउनु भएको कफ्र्युलाई पनि ध्यानमा राखेका छौं। नेपालमा रहनुभएका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गर्नुभएका कदम र निर्देशनहरु पालना गर्न सल्लाह दिन्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार