ताप्लेजुङमा पहिरो जादा दुई जना बेपत्ता

२०८२ भाद्र २५, बुधबार

ताप्लेजुङ : जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन् दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् ।

पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार