गङ्गा दाहालको घरमा जलेको अवस्थामा पुरुषको शव फेला

२०८२ भाद्र २५, बुधबार

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा शव भेटिएको छ । प्रदर्शनकारीहरूले मंगलबार उनको घरमा आगजनी गरेका थिए ।

जलेको अवस्थामा एक जना पुरुष व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले  बताए । शव पहिचान भएको छैन । शव पोस्टमार्टमको लागी पाटन अस्पतालमा पठाइने एसएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार