काठमाडौं : नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि बाहिरिएका सबै कैदी बन्दीलाई तुरुन्त आत्मसमर्पण गरी आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।
प्रशासनले जेलमा नफर्किए कानूनी अधिकार, सुविधासहित भविष्यमा हुने सामाजिक पुनःस्थापनाको प्रक्रियामा नकारात्मक असर पर्ने चेतावनी पनि दिएको छ ।
उक्त घटनामा रास्वपा सभापति रवि लामिछानेसहित करिब १४ सय कैदी बन्दी कारागारबाहिरिएका थिए । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकला लगायत केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरिसकेको छ ।






